स्वागत छ

उद्योग, श्रम तथा रोजगार मन्त्रालय

संक्षिप्त परिचय

यस उद्योग, श्रम तथा रोजगार मन्त्रालयको स्थापना मिति २०७८/१०/२३ गते विराटनगरमा भएको हो । यस मन्त्रालयको साविक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय (स्थापना मिति २०७४/१०/२९) विभाजन भइ बनेको हो ।वि.सं. २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधानमा व्यवस्था भएबमोजिम देशलाई संघीय ढाँचामा लगेर पुन:संरचना गर्ने उद्देश्यका साथ ७ वटा प्रदेशहरु स्थापना गरिएको हो । प्रदेश सरकार संचालनका लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सहित १२ वटा मन्त्रालयको स्थापना भएको छ ।

मौजुदा स्वीकृत कार्य विभाजन अनुसार उद्योग, पर्यटन, वाणिज्य तथा आपूर्तिसम्बन्धी कार्य जिम्मेवारीहरू साबिकको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयमा रहेकोमा सो मन्त्रालयको कार्यक्षेत्र र कार्यबोझ विश्लेषण समेतको आधारमा उद्योग श्रम र रोजगारको विषय हेर्न गरी  "उद्योग, श्रम तथा रोजगार" मन्त्रालय स्थापना गरिएको छ ।

 

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. प्रदेश नं. १, नेपाल.