मा. प्रताप प्रकाश हाङगाम

मा. प्रताप प्रकाश हाङगाम (मन्त्री)

माननीय उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकास हाङ्गाम ज्यूको संक्षिप्त परिचय
         माननीय उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकास हाङ्गामको जन्म वि.स.२०१० साल कार्तिक ३१ गते ताप्लेजुङ जिल्लाको साबिक लिङ्तेप गाविस वडा नम्बर ३ हाल मेरिङ्देन गाउँपालिका वडा नम्बर ४ (याक्लाहाङ टोल) मा भएको हो । हाल जिल्लाको मेरिङ्देन गाउँपालिका वडा नम्बर ४ मा नै उहाँको स्थायी बसोबास रहेको छ । मन्त्री हाङ्गाम बुबा तिलोकसिंह हाङ्गाम र आमा ईन्द्रमाया हाङ्गामको जेठो सुपुत्र हनुहुन्छ । उहाँका दुई जना दिदी र एक जना भाइ हुनुहन्छ ।

उहाँसंग पार्टी राजनीतिको लामो अनुभव छ । स्थानीय स्तरबाटै राजनीति सुरु गर्नुभएका मन्त्री हाङ्गाम २० वर्षको कलिलो उमेरमै प्रधानपञ्च हुनुभएको थियो । ५ पटक प्रधानपञ्च, २ पटक गाविस अध्यक्ष हुँदै वि.स. २०४९ सालमा जिल्ला विकास समितिको उपसभापति समेत बन्नुभएको थियो ।

यस पछि वि.स.२०५६ सालको आम निर्वाचनमा जिल्लाको क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नुभएको थियो भने संविधानसभाको पहिलो र दोश्रो निर्वाचनमा समेत सो क्षेत्रबाट उम्मेदवार बन्नुभएको थियो । राजनीतिक रुपमा विभिन्न परिस्थितीलाई पार गर्दै आउनुभएका हाङ्गाम वि.स.२०७४ सालमा समानुपातिकबाट प्रदेशसभा सदस्य हुनुभयो । नेपाली काँग्रेस १ नम्बर प्रदेश कार्य समिति सदस्य समेत रहनुभएका हाङ्गाम वि.स. २०७८ साल माघ २३ गते उद्योग, श्रम तथा रोजगारमन्त्रीमा नियुक्त हुनुभएको हो ।